२४ घण्टामा १ हजार ७८२ मा कोरोना पुष्टि, १ हजार ७५७ जना संक्रमणमुक्त

Pravin Panday

ByPravin Panday

३१ असार २०७८, बिहीबार १७:५९ ३१ असार २०७८, बिहीबार १७:५९ ३१ असार २०७८, बिहीबार १७:५९

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ७८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५१२ परीक्षणबाट ८९४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ७६८ परीक्षणमा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published.