२ लाखभन्दा बढी भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाको अन्त्य

Pravin Panday

ByPravin Panday

२३ भाद्र २०७६, सोमबार १७:०६ २३ भाद्र २०७६, सोमबार १७:०६ २३ भाद्र २०७६, सोमबार १७:०६

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग ९रियल टायम ग्रस पेमेन्ट सिस्टम० आरटीजीएस प्रणाली लागू गर्न सम्झौता गरेसँगै २ लाख रुपैयाँमाथिको भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो ।

राष्ट्र बैंकले मंगलबार २४ गतेभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गर्नुपर्ने र यसका लागि सोमबार नै सम्झौता हुने उहाँले बताउनुभयो ।

२ लाखभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गरिनुपर्ने भए पनि तत्कालका लागि स्वेच्छिक गरिएको मिश्रले बताउनु भयो । केही समयपछि २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी पनि आरटीजीएस मार्फत नै व्यवस्था गर्ने जानकारी दिनुभयो ।

साथै उहाँले आरटीजीएस प्रणाली लागू भएपछि अन्तर बैंक भुक्तानी गर्दा चेक नचाहिने र खातावालाको बैंकको खाता नम्बरबाट नै भुक्तानीको आदेश दिएपछि तुरुन्तै भुक्तानी भइहाल्ने बताउनुभयो । यो प्रणाली लागू भएपछि बैंकहरुको ठूलो खर्च जोगिने पनि उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.