हेमजा, २ चैत। सामुदायिक सेवा केन्द्र हेमजाको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ।
प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले केन्द्रले रचनात्मक कार्य गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपनेर्मा जोड दिए।
त्यस अवसरमा पहिलो रक्तदाता गौरीशंकर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवरलाई वडाध्यक्ष शोभाकर तिम्सिनाले ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष तिम्सिना, सामुदायिक प्रहरीअन्तर्गत जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, क्षेत्रीय रक्त संचार केन्द्रका प्राविधिक अधिकृत माधव पोखरेल, वडा प्रहरी कार्यालय वगर प्रहरी प्रमुख दीपक थापा लगायतले मावन जीवनमा रक्तदानको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए।
केन्द्रका अध्यक्ष विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम तिम्सिनाले स्वागत र कार्यक्रम संयोजक देवीप्रसाद अधिकारीले सञ्चालन गरेका थिए।