५१ युनिट रगत संकलन

Pravin Panday

ByPravin Panday

७ फाल्गुन २०७५, मंगलवार ०९:२८ ७ फाल्गुन २०७५, मंगलवार ०९:२८ ७ फाल्गुन २०७५, मंगलवार ०९:२८

हेमजा, ६ फागुन। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर तथा एनआईसी एशिया बैकको संयुक्त आयोजनामा सोमवार भएको रक्तदान कार्यक्रममा कुल ५१ युनिट रगत संकलन भएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ६९ औं प्रजातन्त्र दिवसको अवसरमा पृथ्वीनारायण क्याम्पस गेट अगाडि रक्तदान कार्यक्रम गरिएको हो।

प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले रक्तदानको महत्व रहेको औँल्याए । उनले कास्कीका सामुदायिक सेवा केन्द्रले निःस्वार्थ सामाजिक उत्तरदायित्व एवं जिम्मेवारी बहन गर्दै आएको बताए। पोखरा–१ वडाध्यक्ष शारदाकुमारी पराजुलीले रक्तदान गर्नु सबैभन्दा ठूलो धर्म भएको स्पष्ट पार्दै मानव सहयोगमा सदैव अग्रसर रहन सबैमा आग्रह गरिन्। केन्द्रका कार्यसमिति सदस्य मेघनाथ काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुरुङले पहिलो रक्तदाता वडा प्रहरी कार्यालय बगर प्रमुख दीपक थापालाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका हुन् ।

एनआईसी एशिया बैकका क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जस्तो सामाजिक संस्थासँग मिलेर काम गर्न पाउदा खुसी लागेको बताउँदै रक्तदान जस्तो पुण्यकार्यमा सहभागी रक्तदाताले पीडितलाई नयाँ संसार दिने कार्य गरेको भनाइ राखेका थिए। केन्द्रका अध्यक्ष मनपति भण्डारीको अध्यक्षता भएको उक्त कार्यक्रम सचिव कल्पना आचार्य बास्तोलाले संचालन गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published.