३० श्रावण २०७८, शनिबार ०८:४० ३० श्रावण २०७८, शनिबार ०८:४० ३० श्रावण २०७८, शनिबार ०८:४०
शिक्षा निःशुल्क भन्ने नारा पञ्चायतमा पनि सुनेकै हो । हाल संविधानमै उल्लेख गरी आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएको छ । माध्यमिक तह सम्मको शिक्षा निःशुल्क भनिएको छ ।
गौर नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय कक्षा बाल विकास देखि माध्यमिक तह सम्म निशुल्क शिक्षा घोषणा लागु गरिएता पनि जुद्ध उच्च माध्यमीक विद्यालय, गौर रौटहटले आफू खुशी निर्णय गराई विद्यार्थीका अभिभावकहरुबाट शुल्क लिईरहेको छ ।गौर नगरपालिकाको निर्देशन लाई मिचेर गैरकानूनी र मनोमानी ढङ्गले विद्यार्थीहरुबाट शुल्क उठाउदै श्री जुद्ध उच्च माध्यमीक विद्यालयलाई कडा कार्यवाही हनु पर्यो अनेरास्ववियु सचिवालय सदस्य रवि मिश्रले भने ।
कक्षा ९ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ २ हजार ७ सय २० रुपैंया लिएको विद्यालयले कक्षा अनुसार शुल्क निर्धारण गरेको छ । समुदयमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थाले पछि विभिन्न विद्यार्थी सँगठनहरुले सो कार्यको विरोध गरि रहेका छन । “जुद्ध उच्च माध्यमिक विद्यालयले अगं्रेजी माध्यमको बहानामा सरकारी विद्यालय भित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थी बाट शुल्क उठाएको भेट्टिएको छ ।”अनेरास्ववियु सचिवालय सदस्य रवि मिश्रले भने “यसरी नियम विपरीत शुल्क उठाउदा समेत सम्बन्धीत निकाय मौन भएर बसेको छ । सरकारले भनेको अनिवार्य निशुल्क शिक्षाको जुद्ध विद्यालयले खिल्ली उडाएको छ ।”